Under Inclusive Disability Awareness and Empowerment Campaign, Netrawati Dabjong today dated 2082/10/27

समावेशी अपाङ्गता सचेतना तथा सशक्तिकरण अभियान अन्तर्गत आज मिति २०८२/१०/२७ गते नेत्रावती डबजोङ

February 11, 2026
By Disability Rehabilitation Society Team

Under Inclusive Disability Awareness and Empowerment Campaign, Netrawati Dabjong today dated 2082/10/27

समावेशी अपाङ्गता सचेतना तथा सशक्तिकरण अभियान अन्तर्गत आज मिति २०८२/१०/२७ गते नेत्रावती डबजोङ

Under Inclusive Disability Awareness and Empowerment Campaign, Netrawati Dabjong today dated 2082/10/27

In the program, a detailed discussion and orientation was provided on how to effectively and practically implement the services, facilities, rights and access available for people with disabilities. A commitment to make service delivery inclusive, accessible and responsive has also been expressed.

We believe that such programs will help to ensure inclusive governance and disability rights at the local level.

समावेशी अपाङ्गता सचेतना तथा सशक्तिकरण अभियान अन्तर्गत आज मिति २०८२/१०/२७ गते नेत्रावती डबजोङ गाउँपालिका, धादिङमा अपाङ्गता लक्षित सेवा–सुविधा प्रभावकारी प्रवाह सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश सामाजिक विकास कार्यालय गजुरीको सहयोगमा आयोजित उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, उपाध्यक्ष सिता गुरुङ, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीहरू तथा अपाङ्गता भएका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका लागि उपलब्ध सेवा, सुविधा, अधिकार र पहुँचलाई कसरी प्रभावकारी र व्यवहारिक रूपमा कार्यान्वयन गर्ने भन्ने विषयमा विस्तृत छलफल तथा अभिमुखीकरण प्रदान गरिएको थियो।

सेवा प्रवाहलाई समावेशी, पहुँचयुक्त र उत्तरदायी बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

यस्ता कार्यक्रमहरूले स्थानीय तहमा समावेशी शासन र अपाङ्गता अधिकार सुनिश्चित गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौं।