URGENT NOTICE
Regarding Membership Distribution and Renewal
As per the decision made during the Executive Committee meeting of the Dhading Disabled Rehabilitation Society held on Chaitra 14, 2082, the process for membership distribution and renewal has been officially opened.
According to the organization’s Constitution, 2070 (First Amendment 2081), all persons with disabilities residing within Dhading District, as well as the guardians of individuals with intellectual disabilities, hearing impairments, visual impairments, and multiple disabilities, are eligible to obtain or renew membership of the organization.
Therefore, interested individuals are requested to submit an application along with the required documents and prescribed fees as mentioned below.
Required Documents
1. Copy of Disability Identity Card
2. Two passport-size photographs
3. Copy of Citizenship Certificate or Birth Registration Certificate
4. Voucher showing payment deposited into the organization’s bank account or receipt of cash payment
5. Written application
Membership Fee Details
1. Lifetime Membership Fee – NPR 1,001
2. Annual Renewal Fee – NPR 50
3. New Membership Fee – NPR 55
4. Admission Fee – NPR 100
A new member must pay a total of NPR 155 to obtain membership.
अत्यन्त जरुरी सूचना
सदस्यता वितरण तथा नवीकरण सम्बन्धमा
अपाङ्गता पुनर्स्थापन समाज धादिङको मिति २०८२ साल चैत १४ गते बसेको कार्यसमिति बैठकको निर्णय अनुसार संस्थाको सदस्यता वितरण तथा नवीकरण प्रक्रिया खुला गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।यस संस्थाको विधान, २०७० (पहिलो संशोधन २०८१) बमोजिम धादिङ जिल्लाभित्र बसोबास गर्ने सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरू तथा बौद्धिक, श्रवण, दृष्टिविहीन र बहुअपाङ्गता भएका व्यक्तिहरूको अबिभावक हरुले संस्थाको सदस्यता प्राप्त गर्न वा नवीकरण गर्न सक्नुहुनेछ।
अतः सदस्यता लिन इच्छुक व्यक्तिहरूले देहायबमोजिमका आवश्यक कागजातहरू संलग्न गरी तोकिएको शुल्क सहित निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ।
आवश्यक कागजातहरू
१. अपाङ्गता परिचयपत्रको प्रतिलिपि
२. पासपोर्ट साइजको फोटो २ प्रति
३. नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
४.यस संस्थाको बैक खातामा शुल्क बुझाएको भौचर वा नगद बुझाएको रसिद प्रमाण
५ लिखित निबेदन
सदस्यता शुल्क विवरण
१. आजीवन सदस्यता शुल्क रु. १००१
२. वार्षिक नवीकरण शुल्क रु. ५०
३. नयाँ सदस्यता शुल्क रु. ५५
४. प्रवेश शुल्क रु. १००
नयाँ सदस्यले सदस्यता प्राप्त गर्न जम्मा रु. १५५ बुझाउनुपर्नेछ।