Goat Distribution Program Successfully Completed

गरिबी निवारण तथा सहकारी मन्त्रालय, बागमतीप्रदेस मार्फत त्रिपुरासुन्दरी गाउँपालिकाकोआर्थिक सहयोगमा गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको आयआर्जन वृद्धि,

July 9, 2026
By Disability Rehabilitation Society Team

Goat Distribution Program Successfully Completed

गरिबी निवारण तथा सहकारी मन्त्रालय, बागमतीप्रदेस मार्फत त्रिपुरासुन्दरी गाउँपालिकाकोआर्थिक सहयोगमा गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको आयआर्जन वृद्धि,

With the financial support of **Tripurasundari Rural Municipality** through the **Ministry of Poverty Alleviation and Cooperatives, Bagmati Province**, a three-day goat farming training program was successfully conducted with the objective of increasing the income-generating capacity, promoting economic self-reliance, and strengthening the livelihoods of persons with disabilities residing within the rural municipality.
The training was held on **Baisakh 21, 22, and 23, 2083 B.S.** and was attended by **30 persons with disabilities** selected from different wards of Tripurasundari Rural Municipality. The participants received comprehensive training on improved goat breeds, housing and shed management, nutrition, disease identification and prevention, breeding management, market management, and practical aspects of commercial goat farming.
Upon completion of the training, each participant was provided with **one improved breed goat** to help them start their own goat farming enterprise. This initiative is expected to make a significant contribution to the economic empowerment of persons with disabilities by promoting self-employment and creating sustainable income-generating opportunities.
Such skill-based and income-generating programs are expected to enhance the self-reliance of persons with disabilities, improve their standard of living, and support them in leading dignified and independent lives within the community.

बाख्रा वितरण कार्यक्रम सम्पन्न
गरिबी निवारण तथा सहकारी मन्त्रालय, बागमतीप्रदेस मार्फत त्रिपुरासुन्दरी गाउँपालिकाकोआर्थिक सहयोगमा गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको आयआर्जन वृद्धि, आर्थिक आत्मनिर्भरता तथा जीविकोपार्जन सुदृढ गर्ने उद्देश्यका साथ तीन दिने बाख्रापालन सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न गरिएको छ।
मिति २०८३ साल वैशाख २१, २२ र २३ गते सञ्चालन गरिएको उक्त तालिममा त्रिपुरासुन्दरी गाउँपालिकाका विभिन्न वडाबाट छनोट भएका ३० जना अपाङ्गता भएका व्यक्तिहरू सहभागी भएका थिए। तालिममा उन्नत जातका बाख्राको पालनपोषण, गोठ व्यवस्थापन, पोषण, रोगको पहिचान तथा रोकथाम, प्रजनन व्यवस्थापन, बजार व्यवस्थापन र व्यवसायिक बाख्रापालनका व्यावहारिक पक्षहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
तालिम सम्पन्न भएपछि सहभागी प्रत्येक लाइ व्यवसाय सुरु गर्न सहज होस् भन्ने उद्देश्यले एक–एक वटा उन्नत जातको बाख्रा हस्तान्तरण गरिएको छ। यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरण, स्वरोजगार प्रवर्द्धन तथा दीर्घकालीन आयआर्जनका अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।
यस प्रकारका सीपमूलक तथा आयमूलक कार्यक्रमहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन, उनीहरूको जीवनस्तर सुधार गर्न तथा समाजमा सम्मानपूर्वक जीवनयापन गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।